८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१६ माघ, काठमाडाैं । सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी डम्बर देव न्यौपानेले आफ्नाे नाममा रहेकाे १४ हजार १ सय १ दशमलव १४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य १ सय ३० रूपैयाँ ताेकिएकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंककाे केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडाैँमा निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १३:५८