८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

४५० रुपैयाँमा नबिल बैंकको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, क -कसले दिन पाउछन् निवेदन ?

१६ माघ, काठमाडाैं । नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्न लागेको छ । बैंककाे संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ४ सय ५० रुपैयाँ तोकिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंमा निवेदन दिन आग्रह गरेको हो ।

ताेकिएकाे समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १३:०९