२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच बालुवाटारमा भेटवार्ता

१५ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । दुई नेताबीच अहिले छलफल जारी छ ।

रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै दिन एमालेले दबाव दिएको छ भने प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहेको समेत बझिएकाे छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १६:४९