५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्द निरौलालार्इ छाड्न अदालतकाे अादेश

११ असोज, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्द निरौलालार्इ छाड्न उच्च अदालत बिराटनगरले आदेश दिएको छ । बिहीबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।


निरौलाले विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो । उनले २०७४ चैत २९ मा अवकाश पाएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १८:४८