२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

१३ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

राष्ट्रियसभाको अर्को बैठक पनि माघ २३ विहान ११ः५९ मिनेटमा बस्ने छ । गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रियसभा सदस्यको चार वर्षीय कार्यकाल सकिएपछि राष्ट्रियसभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रियसभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:२१