२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

तपाईंकाे खातामा आयाे त ८.५० प्रतिशत बोनस सेयर ? नआए यसाे गर्नुहाेस्

१३ माघ, काठमाडाैं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको साउन ९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीकाे हितग्राही खातामा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ ।

असार २७ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा मात्रै उक्त बोनस सेयर जम्मा गरेकाे कम्पनीले जनाएको छ ।

हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गरी आफ्नो बोनस लिन आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका सेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार ११:२७