२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सेयर बजारमा सामान्य गिरावट, ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

१२ माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा छ ।

कूल २५४ वटा कम्पनीकाे ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे छ । आज कारोबार भएका कूल १३ उपसमूहमध्ये  ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७० लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । लुम्बिनी जनरल इन्स्याेरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्राेपावर र सूर्यज्याेति लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १५:२२