कहिले हुन्छ कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड ?
१२ माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) अर्काे साता हुने भएकाे छ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड अर्काे साता हुने भएकाे हाे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६ सय ४० जनाले मात्रै १० कित्ता सेयर पाउने देखिन्छ ।
प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:४९












