९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

सुपर मादी हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

११ माघ, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा बुधबार दिउँसाे ३ बजेसम्ममा १० लाख १४ हजार जना आवेदकले १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याएकाे मागभन्दा ६.७६ गुणा बढी आवेदन हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १७:०९