२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

कर्णाली प्रदेश सभामुख गुरुङले एमालेसँगको सबै आवद्धता त्यागिन्

११ माघ, काठमाडौं । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् ।

साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १४:३९