२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

माओवादीबाट बागमती प्रदेशमा बन्ने ३ मन्त्रीकाे टुंगाे लाग्याे

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंग्याएको छ । माओवादीले पठाउने तीन मन्त्रीमा युवराज दुलाल, कुमारी मोक्तान र गंगानारायण श्रेष्ठ रहेका छन् ।

दुलालले भौतिक योजना मन्त्रालय, मोक्तानले सामाजिक विकास मन्त्रालय तथा श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय पाउने भएका हुन् ।  पुस २६ गते मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरुको शपथ आजै हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १२:५१