संसदअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकोको प्रचण्ड र रवि लामिछाने भेट्ने इच्छा अधुरै
११ माघ, काठमाडौँ । प्रधानमन्त्रीका अघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकोको प्रचण्ड र रवि लामिछाने भेट्ने इच्छा अधुरै भएको छ । उनको उपचारका क्रममा बिहान निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डा किरण नकर्मीले जानकारी दिए ।
उनले संघीय संसद् भवन छेउमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडीका अघि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए । तत्कालै प्रहरीले उनको आगो निभाउँदै उनलाइ अस्पताल पुर्याएका थिए ।
शरीरको ८० प्रतिशत भाग जलेका प्रेमप्रसाद आचार्यको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ। इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीसँगको भेटमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेकी थिइन ।
प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:४०