२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

नेकपा एस सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन चैत ४ मा हुने

१० माघ, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ । समाजवादीका केन्द्रीय उपाध्यक्ष एवम् वागमती प्रदेश कमिटी इन्चार्ज केदार न्याैपानेकाे उपस्थितिमा सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम्मेलनको मिति तय गरेको हो ।

सम्मेलन अगाडि जिल्लाभर विभिन्न कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । साथै माघ मशान्तभित्र वडा सम्मेलन, भेला तथा प्रशिक्षण, फागुन १५ भित्र पालिका स्तरीय भेला/ सम्मेलन प्रशिक्षण सम्पन्न गर्ने , फागुन २६ गते एकैदिन वडाबाट जिल्ला सम्मेलन प्रतिनिधि छनाेट, फागुन २७ गते पालिकाबाट प्रतिनिधि छनाेट, फागुन २८ गते प्रदेश निर्वाचन क्षेत्रीय कमिटीबाट र फागुन २९ गते संघीय निर्वाचन क्षेत्रीय कमिटीबाट प्रतिनिधि छनाेट गरि सम्मेलनकाे पूर्ण तयारी गर्ने निर्णय गरेकाे जिल्ला अध्यक्ष नवराज पाैडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ०९:५४