५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

मेला महोत्सवमा हुने छाडापन राेक्न मुख्यमन्त्री पोखरेलकाे निर्देशन

१० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मेला महोत्सवमा संस्कृतिको नाममा विकृति बढेको भन्दै रोक्न पालिकाहरुलाई निर्देशन दिएका छन् । प्रदेश ५ का सवै पालिकाका प्रमुख र उपप्रमुख उपस्थित प्रदेश समन्वय समितिको प्रथम वैठकको समापन गर्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवमा हुने छाडा सांस्कृतिक कार्यक्रमकै कारण समाजमा विभिन्न विकृतिको जन्म भएको धारणा राखे ।


धेरैजसो शहरी क्षेत्रका पालिकाहरुमा मेला महोत्सव लाग्ने र त्यहाँ संस्कृतिका नाममा अश्लील छाडा गीत, नृत्यले प्रश्रय पाइरहेकाे र यसले समाजमा अनेकखाले अपराध र विकृति निम्त्याउने हुँदा त्यस्ता गतिविधि राेक्नुपर्ने बताए । निश्चित मापदण्ड बनाएर मात्र मेला महोत्सव र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्रीले पालिकाहरुलाई निर्देशन दिए ।

मेला महोत्सवहरुमा भारतमा निर्मित विद्युतबाट चल्ने पिङ,बाल उद्यान, जादु, सर्कसमा नेपालीहरुको ठूलो धनराशी खर्च भइरहेको छ । यस्ता मनोरन्जन सामग्री राखेवापत मेला आयोजकले मोटो रकम हात पारे पनि राज्यलाई भने नगण्य मात्रामा कर तिरेका हुन्छन् । मुखयमन्त्री पोखरेलले स्थानीय जनप्रतिनिधिहरुलाई चाडपर्व खर्च र पोशाक खर्च नमाग्न र आशा नगर्न सचेत गराएका छन् । पालिकाका प्रमुख र उपप्रमुखले सकभर एउटै सवारी साधन प्रयोग गरेर मितव्ययिता अपनाउन र जनभावना अनुसार चल्न पनि निर्देशन दिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १८:३५