१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

९ माघ, काठमाडौं । सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडफाडर गरेको छ। कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरुले आवेदन दिनसक्नेछन ।

यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत पनि गर्दछ ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १५:४२