२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

९ माघ, काठमाडौं । राप्रपा नेपालको केन्द्रिय समितिको बैठक सोमबारबाट सुरु हुँदै छ । काठमाडौंमा सोमबार र मंगलबार दुई दिन चल्न बस्न लागेको बैठकमा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा , भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ , संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता बसन्तमानसिंह अधिकारिले बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११:०१