१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

चितवनमा थप एक गैडा मृत फेला

८ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो । गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताए । बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १९:१४