१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जनकपुरका दुई युवकको अपहरणपश्चात भारतमा हत्या

८ माघ, काठमाडाैं । जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ । दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ।

गत पुस २७ गते भारत गएका दुई युवा सम्पर्कविहीन थिए। उनीहरू भारतको सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएको बताइएको थियो। गत पुस २७ गते बेपत्ता भएका उनीहरूकाे परिवारलाई अपरहरणकारीले ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो । अपहरणकारीले रोहित र विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

गए राति खाल्डोमा गाडिएको अवस्थामा उनीहरूको शव फेला प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाइ पक्राउ गरेको छ। धनुषाबाट २ जना र  भारतीबाट ३ जनालाई पक्राउ गरेको हाे ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १५:१५