२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

७ माघ, एडिलेड । नेपालको चर्चित व्यान्ड नेपथ्यले यहि जनवरी २८ मा एडिलेडमा आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गर्ने भएको छ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्राको क्रममा एडिलेडमा प्रस्तुति दिन लागेको गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टका निर्देशक गगन गिरीले बताए |

एडिलेडको सांगितिक कार्यक्रम स्थानिय हेन्ले स्ट्रिट हलमा साझ ७.३० बाट शुरु हुने गिरीले बताए । नेपथ्यले ‘ म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा अष्ट्रेलियका आठ शहरमा हुदैछ ।

पाच पटक अष्ट्रेलिया भ्रमण गरि सकेको नेपथ्यले यसअघि पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा आफ्नो सांगीतिक यात्रा गरेको थियो । नेपथ्यको अस्ट्रेलिया यात्राको लागि गायक अमृत गुरुङ ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली जनवरी २५ मा डार्बिनबाट आफ्नो सांगितिक यात्रा शुरु गर्ने भएको छ |

पूर्वनिर्धारित आठ शहरमा कार्यक्रम प्रस्तुत गरेर फेब्रुवरीको २० तारिकमा टोली नेपाल फर्कने कार्यक्रम रहेको छ। अमृतलाई यो सांगितिक यात्रामा पनि ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०९:२७