२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । आज नयाँ बानेश्वरस्थित संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एसका मेटमणि चौधरी रहेका छन् ।यसअघि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरिसकेकी छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १६:०५