२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छः केपी ओली

६ पुस, काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन् ।

पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन् ।

प्रचण्ड सरकारले छिमेकसँग सन्तुलित, विश्वसनीय र भरपर्दाे सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताए ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने बताएका उनले छिमेकी मुलुकको चासो र चिन्तालाई नेपालले सम्बोधन गर्नुपर्ने बताए । साथै देशको सार्वभौमसत्ता र स्वाधिनतामा नेपालले सम्झौता नगर्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १५:२८