५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने, यसरी भर्न सकिन्छ फारम

१० असोज, काठमाडौँ । यसवर्षकाे अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ गते देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्ने र कात्तिक २० गते राति १०ः४५ बजे बन्द हुनेछ ।


नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पति -पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पतिरपत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ । डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १३:१९