८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

२ कम्पनीले घाेषणा गरे लाभांश, सेयरधनीलाई बाेनस र नगद कति ?

५ मा, काठमाडाैं । विभिन्न २ कम्पनीहरूले लाभांश घाेषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक बर्षका लागि सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

१) लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीकाे  १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

२) ग्लोबल आईएमई लघुवित्त

ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीकाे १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यी दुबै कम्पाीकाे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १०:१९