२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुखमा एमालेका देवराज घिमिरेले दिए उम्मेदवारी

४ माघ, काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्। बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:१५