१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

४ माघ, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेकाे हुन् ।

वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए।

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ११:३९