९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

४ माघ, काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा माघ २५ गते केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीकाे १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले कम्पनीमा सञ्चालकहरुको नियुक्तिसम्बन्धी नियममा संशोधन गर्ने,अन्य कुनै बीमा कम्पनी आपसमा गाभ्ने, गाभिन वा प्राप्ति गर्ने सन्दर्भमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०९:४३