२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

ओलीलाई साक्षी राखेर प्रचण्डले देउवालाई भने, निर्णय सत्तारूढको कार्यान्वय हुन्छ तपाईंको राय के छ ?

३ माघ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली लगायतलाई साक्षी राखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सल्लाह र सुझाव सबै विषयमा सबैको लिने बताउँदै निर्णय कार्यान्वय सत्तारूढ गठबन्धनको हुने जानकारी दिएका छन । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुावटारमा सत्ता पक्षका दलका नेताहरूसँगको संयुक्त बैठकमा उनले निर्णय सत्तारूढको कार्यान्वय हुन्छ तपाईंको राय के छ ? भन्दै दलका नेताहरूसँग सुझाव मागेका हुन ।

प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागे । उनले सुझाव माग्नेक्रममा सुरूमै सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे राय मागेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । प्रचण्डले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रीपरिषदले पूर्णता पाएको बताए । संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने भने बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार २०:१०