२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पदबहालीअघि राप्रपाका नवनियुक्त मन्त्रीहरू पुगे पशुपतिनाथ

३ माघ, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् । पशुपतिनाथको मन्दिर दर्शन गरेपछि मात्रै पद बहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १४:०४