२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

लाभांश पारित गर्न अरुण भ्याली हाइड्रोपावरले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

३ माघ, काठमाडाैं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा माघ २७ गते मैत्रहल, इन्द्रेणी कम्पलेक्स, नयाँबानेश्वर काठमाडौमा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ  माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०९:४४