१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

संविधान कार्यान्वयन पहिलो प्राथमिकताः महरा

२६ फागुन, काठमाडौँ । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन ।

सभामुखमा निर्वाचित भएपछि उनले पत्रकारका अघि संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माण आफ्नो प्राथमिकतामा पर्ने बताए ।

सभामुख महराले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १६:२१