२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बिहान चिनियाँ राजदूत भेटेका प्रधानमन्त्री प्रचण्डको बालकोटमा एमाले अध्यक्ष ओलीसँग लन्च मिटिङ

२ माघ, काठमाडौँ । सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग भेटवार्ता गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लन्च मिटिङ गरिरहेका छन । सोङ्ग नवनियुक्त चिनियाँ राजदूत हुन । सोङ्गसँगको भेट लगत्तै प्रचण्ड बालकोट पुगेका छन ।

ओली र प्रचण्डको बीचमा माघ ५ को सभामुखको निर्वाचन र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भइरहेको बुझिएको छ । मन्त्रालयको भागवण्डा संख्यामा करिब टुंगिए पनि नाममा सहमति नहुँदा कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले केही घण्टा ओलीसँगै बालकोटमा बिताउने छन भने केही गम्भीर विषयमा सहमति जुटाउने छन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ११:१०