१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

१६ वर्षको बीचमा श्रीमान श्रीमति दुबैको यति एयरलाइन्सको दुर्घटनामा मृत्यु

१ माघ, काठमाडौं । यति एयरलान्सको आइतबार भएको दुर्घटनामा मृत्यु हुने को-पाइलट अञ्जु खतिवडाको श्रीमानको पनि १६ वर्षअघि यति एयरलाइन्सकै विमान दुर्घटनामा मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । आइतबार पोखरमा भएको यति एयरको विमान दुर्घटनामा अञ्जु खतिवडासहित ६४ जनाले ज्यान गुमाएका छन ।

को–पाइलट खतिवडाका पति दीपक पोखरेलले पनि यसअघि यती एयरलाइन्सकै दुर्घटनामा ज्यान गुमाएका थिए । १६ वर्षअघि २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा पोखरेलको ज्यान गएको थियो । उनी पनि चालक दलकै सदस्य रहेका थिए । श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनको पनि आइतबार यति एयरकै विमान दुर्घटनामा ज्यान गएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १६:०९