२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

१ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्‍‍को बैठक जारी रहेकाे छ।  काठमाडौंबाट पोखरामा उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका थिए ।

बालुवाटारमा जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:५५