२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित

१ माघ, सुर्खेत ।  कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छिन् ।आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ गरी २४ मत गुरुङको पक्षमा खसेको हो। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ। कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:३३