१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

६८ जना सवार यतिको जहाज सेतीको खोचमा खसेपछि आगलागी (भिडियोसहित)

१ माघ, पोखरा । यति एयरलाइन्सको विमान सेती खोचमा खसेको छ । आइतबार बिहान १०ः३० बजेको समयमा यति एयरलाइन्सको विमान सेती खोचमा खसेको भन्ने सूचना प्राप्त भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धारका लागि एम्बुलेन्सहरू दुर्घटनस्थालतर्फ पठाइएको उनले बताए । जहाजमा ६८ जना यात्रु सहभागी रहेका थिए ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज अन्तराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलको बीचमा खसेको बताइएको छ ।  दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ११:३०