१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रेशम चौधरीको मुद्दा फिर्ता लिने सर्तमा ओलीलाई मतः यादव

२६ फागुन, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गन जानकारी दिए ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

उनले चौधरीको मुद्दा फिर्ता गर्न सरकार सकारात्मक भएकाले ओलीलाई मत दिने निष्कर्षमा पुगेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १६:०७