२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ काे उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

३० पुस, विराटनगर । प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित भएकी छन् । नेकपा एमालेकी दनुवारले ५७ मत ल्याइन्। ​कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्। लीला कुमारीलाई नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

दनुवार र राई दुवै उदयपुरबाट समानुपातिक निर्वाचित सांसद हुन्। उनीहरूको घर भएको वडासमेत एकै हो। दुवै जना त्रियुगा नगरपालिका वडा नम्बर ९ का हुन्।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्।

सत्ता गठबन्धनकै एक सांसद भने अनुपस्थित थिए। एमालेकी मीना श्रेष्ठ शौचालय गएर आउन ढिला भएपछि मर्यादापालकले उनलाई भित्र छिर्न दिएका थिएनन्।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १४:५४