४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तपाईको खातामा आयो त ४० प्रतिशत नगद लाभांश ?

२९ पुस, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले आफ्ना सेयरधनीहरूको बैंक खाता नगद लाभांश पठाउन सुरू गरेकाे छ । कम्पनीको पुस २८ गते बिहिबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको करसहित ४० प्रतिशत नगद लाभांश आज पुस २९ गते शुक्रबारदेखि सेयरधनीहरुको बैंक खातामा क्रमश जम्मा गर्न सरू गरेकाे हाे ।

कम्पनीले उक्त लाभांश लिनकाे लागि सेयरधनीहरूलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो खाता अद्यावधिक गर्न कम्पनीले अनुराेध गरेकाे हाे ।

पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो । उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूलाई क्रमश नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १५:३१