२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सन्दिप लामछानेलाई छुटाउन अदालतमा २० लाख धरौटी जम्मा

२९ पुस, काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्। पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन । उच्च अदालत, पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएपछि दाजु मोहनले आज धरौटी रकम जम्मा गरेका हुन ।

दाजु मोहनले धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने निश्चित भएको छ। धरौटी जम्मा भए पछि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार, सुन्धरामा सन्दीपलाई रिहा गर्नका लागि औपचारिक रुपमा पत्र पठाउने छ। अदालतको सो पत्र कारागरले बुझे लगत्तै तारिखका लागि जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई उपस्थित गराइने छ। र, स्वास्थ्य परिक्षण सम्पन गरे पछि उच्च अदालतको आदेश बमोजिम सन्दीप आजै रिहा हुनेछन्।

नावालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए। उच्च अदालतका न्यायाधीशद्धय रमेश ढकाल र ध्रुवराज भट्टराईको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै कडा सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।

सो आदेश लगत्तै दाजु मोहन २० लाख धरौटी लिएर जिल्ला अदालत काठमाडौं गएका हुन ।

प्रकाशित मिति : 13:05