२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

७ कम्पनीले घाेषणा गरे लाभांश, सेयरधनीकाे लागि बोनस र नगद कति ?

२८ पुस, काठमाडाैं । एकै दिन विभिन्न ७ कम्पनीहरूले लाभांश घाेषणा गरेकाे छन् । कम्पनीहरूले गत आर्थिक बर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् । लाभांश घाेषणा गरेका कम्पनीहरू निम्न रहेका छन्ः

१) साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न लाभांश प्रस्ताव गरेकाे हाे ।

कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

२) हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीकाे लागि वितरण गर्ने लाभांश घाेषणा गरेकाे हाे ।

पुस २६ गते बसेकाे कम्पनीकाे संचालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे २.७५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

३) कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

४) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीका लागि आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेकाे हाे ।

कम्पनीकाे पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

५) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे पुस २७ गते, बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

६) छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तापूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हहो ।

७) स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे पुस २७ गते, बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित ३ वटै कम्पनीहरूकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १६:२९