२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सेयर बजारमा ४१.०२ अकंकाे गिरावट, ५ अर्ब ४७ करोड ७६ लाखकाे काराेबार

२८ पुस, काठमाडौं । साता अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएकाे छ । पछिल्लाे समय लगातार बढेकाे सेयर बजार बिहीबार घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.०२ अकंले घटेर २१४९.४१ बिन्दुमा बन्द भएको छ ।

आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँको कारोबार भएको छ ।आज  कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

कम्पनीको सेयर २२ करोड २० लाख १२ हजार रुपैयाँको कारोबार भएको हो । आज  तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजना, सिंगटी हाईड्रोपावर, वराहीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन गुराँस लघुवित्तको सेयर मूल्य ९.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १५:२१