१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

लाभांश घाेषणा गरे लगत्तै किन गर्याे नेप्सेले साल्ट ट्रेडिङको सेयर काराेबार राेक्का ?

२८ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकाे सेयर काराेबार राेक्का गरेकाे छ । कम्पनीले काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सार्वजनिक गरेपछि नेप्सेले काराेबार राेक्का गरेकाे हाे । आज बिहान बसेकाे संचालक  समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीलाइ  लाभांश प्रस्ताव गरेको थियो।

तर, लाभांश प्रस्तावसम्बन्धी जानकारी कम्पनीले कारोबार समयमा मात्रै NOTS Login मार्फत नेप्सेमा पठाएको थियो।  धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि पठाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था विपरीत लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले साल्ट ट्रेडिङको सेयर कारोबार रोक्का गरेको  नेप्सेले जनाएकाे छ ।

विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ । नेप्सेले यस विषयमा साल्ट ट्रेडिङलाई पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ?  साे  सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १४:३३