२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि जर्मनका राजदूतको भेटवार्ता

२८ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा प्रधानमन्त्री दाहाललाई बधार्ई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १३:५८