४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

साल्ट ट्रेडिङले घाेषणा गर्याे लाभांश , बाेनस र नगद कति ?

२८ पुस, काठमाडाैं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न लाभांश प्रस्ताव गरेकाे हाे ।

कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १२:५४