२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

३ कम्पनीले घोषणा गरे लाभांश, कुनकाे बाेनस र नगद कति ?

२८ पुस, काठमाडाैं । विभिन्न ३ कम्पनीले लाभांश घोषणा गरेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका हुन् । कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूकाे लागि वितरण गर्ने लाभांश घोषणा गरेको हुन् ।

१) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे पुस २७ गते, बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२) छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुत्तापूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हहो ।

३) स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे पुस २७ गते, बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित ३ वटै कम्पनीहरूकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १०:५८