२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा

२८ पुस, काठमाडाैं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भेटमा प्रधानमन्त्री प्रचण्डले जम्कट्टेललाई बधाई तथा सफल कार्यकाल शुभकामना दिएका छन् ।

भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएकाे छ । मुख्यमन्त्री जम्कट्टेल सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुटेका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हालेका छन् भने थापालाई विभागीय जिम्मेवारी तोकिएको छैन ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०९:२९