२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्ड र ओलीको सहमतिपछि आज गठबन्धनको बैठक बस्दै, मन्त्रालको भागवण्डा टुंग्याइने

२८ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा बुधबार राति मन्त्रालय भागवण्डामा सहमति जुटेपछि आज सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले कुन दललाई कति र कुन मन्त्रालय भन्नेमा सहमति जुटाउने छ । आजको बैठकको मुल एजेण्डा समेत यही राखिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले बताएका छन ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको थियो । आज सहमति जुटे भोलि साँझसम्म सबै मन्त्रालयले मन्त्री पाउने सम्भावना रहेको छ ।

भाग मिलाउन  मन्त्रालय विभाजन हुने सम्भावना समेत रहेको छ । मन्त्रालय विभाजन गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले फरक मत राख्दै आएका छन ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०८:४३