५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नुवाकोट हुँदै काठमाडाैँ भित्रिएको ३ किलो सुनसहित दुई जना पक्राउ

९ असोज, काठमाडाैँ । प्रहरीले नुवाकोट हुँदै काठमाडाैँ भित्रिएको ३ किलो सुनसहित दुई जनालार्इ पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुलाई सार्वजनिक गर्न प्रहरी परिसरलेले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट नुवाकोट हुँदै काठमाडाैँ भित्र्याएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार राति सुनसहित भरिया समातेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १२:०५