९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

तपाईको खातामा आयो त १०.५२ प्रतिशत नगद लाभांश ?

२७ पुस, काठमाडौं । माउण्टेन इनर्जीले आफ्ना सेयरधनीहरुकाे खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । पुस ८ गते बसेको कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७८/ ७९ को नाफाबाट सेयरधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही लाभांश कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई खातामा जम्मा गर्न सुरु गरेको हाे । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपछि कम्पनीले वितरण गरेको लाभांश खातामा आउने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १०:०१