२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्योः भीमार्जुन आचार्य

२६ पुस, काठमाडौँ । संविधानविद् डा भीमार्जुन आचार्यले नेपाली कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा छोटो टिप्पणी गर्दै उनले प्रतिपक्षी पार्टीका सबै नैतिक मूल्य नष्ट गरेको बताएका हुन ।

कांग्रेसले प्रमुख प्रतिपक्षमै रहनेगरी मंगलबार पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिएको छ । उसको निर्णयको चौतर्फी आलोचना भैरहेको छ । यसै सन्दर्भमा आचार्यले पनि टिप्पणी गरेका हुन ।

उनले भनेका छन, ‘संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।’

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १९:०४